काठमाडौं । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका हुन् ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उनले बताए । तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण नभएको उनले बताए । मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको दाबी उनको छ ।
अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ । तर यो विषय अझै टुङ्गिएको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान जारी रहेको बताए ।
जलहरीमा प्रयोग भएको सुनको वैज्ञानिक ढङ्गले परीक्षण गर्ने र जलहरीको तौल गर्ने जस्ता वस्तुगत विषयमा प्रवेश नभएको उनले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend