Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यस्तो छ आजको मौसम


    बिहिबार, जेष्ठ ११ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा पश्चिमी वायु स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भूभागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बँच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार