Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज लुम्बिनीको मन्त्रिपरिषद् विस्तार हुँदै


    सोमबार, जेष्ठ ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। आज सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै छ ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरी निकट स्रोतले बतायो ।

    नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।

    लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ ।

    यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार