Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बलात्कारपछि हत्या गरी फरार दुई जना १६ वर्षपछि पक्राउ


    सोमबार, जेष्ठ ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । १६ वर्ष अघि बलात्कार पछि हत्या गरेर फरार भएका दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१२ की २५ वर्षीया ललिता राईलाई बलात्कारपछि हत्या गरेर १६ वर्ष देखी फरार रहेका दुई जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् । जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

    गत २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणोदय धर्मशालामालगि ललितालाई पालैपालो बलात्कार गरेको तर ललिता चिच्याउन थाले पछि पोल खुल्ने डरले हत्या गरेर फरार भएको दुवै जनाले स्वीकार गरेको बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार