Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रीसँग ११ बुँदे सहमतिपछि सांसद गौतमले तोडे आठौं दिनमा अनशन


    शनिबार, जेष्ठ ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आठौं दिनमा आमरण अनशन तोडेका छन् । बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।

    अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतम जिल्ला अस्पताल बर्दियामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    पुल निर्माण हुनुपर्नेसहितका विभिन्न १५ बुदे माग राखेर ३० वैशाखमा जब्दीघाटको भत्किएको पुलमुनि अनशन गौतम अनशन बसेका थिए । उनलाई अनशन तोडाउन मन्त्री ज्वाला नै बर्दिया पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार