Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले एकीकृत राष्ट्रिय गुरुयोजना तयार गर्ने


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सडक, रेल, जलमार्ग र हवाई क्षेत्र समट्ने गरी एकीकृत राष्ट्रिय गुरुयोजना तयार गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् ।

    कार्यक्रममा सरकारले संघ र प्रदेशबीच कार्य क्षेत्र स्पष्ट हुने गरी यातायात नीति बनाउने बताएको छ । व्यापारिक तथा रणनीतिक सडकहरुलाई स्तरोन्नति गर्ने र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लगायतका घोषणा पनि नीति तथा कार्यक्रममा गरिएको छ ।

    काठमाडौं-तराई मधेश फास्ट ट्रयाकको निर्माण २०८३ भित्रै सक्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार