Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेलले पहिलोपटक संसदमा सम्बोधन गर्दै


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। आज संघीय संसदका दुवै सदनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सम्बोधन गर्दैछन् ।​​

    संघीय संसद सचिवालयका अनुसार आज ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

    राष्ट्रपति अस्वस्थ भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम पढ्ने चर्चा भए पनि राष्ट्रपति पौडेलले नै कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

    राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले चर्चामा आएजस्तो प्रधानमन्त्रीले नीति कार्यक्रम प्रस्तुत नगर्ने जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार