Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कति छ तरकारी र फलफूलको मूल्य ?


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

    जसअनुसार आज ठुलो गोलभेँडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेँडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेँडा ५९ रुपैयाँ, भारतीय सानो गोलभेँडा ४० रुपैयाँ, तराई गोलभेँडा, तोरीको साग, स्कूस र तितो करेला ४५ रुपैयाँ, रातो आलु, लाम्चो फर्सी र रायोको साग ३५ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ ५० पैसा रहेको छ।

    त्यस्तै, मुडेको रातो आलु ३६ रुपैयाँ ६७ पैसा, सेतो आलु २७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३५ रुपैयाँ, राजमा घिउ सिमी र भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, लौका र घिरौँला ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ८५ रुपैयाँ रहेको छ।

    त्यसैगरी, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरिलो ३२५ रुपैयाँ, न्युरो, सजिवन, चुकुन्दर, रातो बन्दा, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८७ रुपैयाँ ५० पैसा रहेको छ।

    पुदिना १८७ रुपैयाँ ५० पैसा, सौफको साग ११५ रुपैयाँ, पुदिना १८७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, कागती १९० रुपैयाँ, अनार २६५ रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, लोकल काँक्रो ९५ रुपैयाँ, किवी र आभोकाडो ४५० रुपैयाँ तोकिए कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार