काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यसंयन्त्रकै मिलेमतोमा भएको १ अर्बभन्दा बढी ठगीमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैक्रममा बिराटनगरमा मुरारका समूहका अशोक मुरारकाले पौने ४ अर्ब कर नतिरेको घटना संचारमाध्यममा आएको छ । आन्तरिक राजस्व विभागले मुराराका समूहका अशोक मुरारका र उनका साझेदार कृष्णप्रसाद प्रसाईंले पौने चार अर्ब रुपैयाँ राजस्व नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुरारका कर नतिर्नका लागि कानुनी छिद्र खोज्दै सर्वोच्च अदालतमा पुगेको छ ।
मुरारका र प्रसाईंको साझेदारीमा संचालित २ उद्योगबाट आन्तरिक राजस्व कार्यालय बिराटनगरले ३ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुल गर्ने प्रक्रिया अघि बढाएपछि उनी आफैंले होइन, लिक्वीडेटर दिलीप नैराम सिंहलाई रिट दर्ता गर्न लगाएका छन् । सोमबार दर्ता भएको दर्ता भएको ०७९–ध्इ–१२६२ नम्बरको रिटको सुुुनुवाई मंगलबार थियो ।
न्यायाधीश कुमार रेग्मीको इलजासमा मंगलबार उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो । पुनः आज पनि पेशी राखिएको छ । सर्वोच्च अदालतले पौने ४ अर्ब राजस्व नतिर्ने मुरारकाको रिटमा के गर्ला ? देशको अर्थतन्त्र संकटग्रस्त भएको बेला यस्ता करमाराहरुलाई कर नतिर्न आदेश त नदिने अपेक्षा गरिएको छ ।
मुरारका र प्रसाईंको संयुक्त सञ्चालनमा रहेको अवनिश एग्रीगेट इन्डस्ट्रिजले २ अर्ब ४४ करोड रुपैयाँ बुझाउनुपर्ने देखिएको छ । आन्तरिक राजस्व कार्यालय बिराटनगरका अनुसार यी उद्योगले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट दर्ता गरे पनि अहिलेसम्म कर तिरेका छैनन् ।
मुरारकाको सञ्चालनमा सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा एक चिया उद्योगसमेत छ ।
मुरारकाको अवनिशले २०६०–६१ देखि २०७१–७२ गरी १० आर्थिक वर्षको कर विवरण नबुझाएको आन्तरिक राजस्व कार्यालय बिराटनगरले जनाएको छ ।
त्यसैगरी मुरारका र प्रसाईंकै संयुक्त सञ्चालनमा रहेको ओम साइबाबा क्रसर उद्योगले १ अर्ब ३३ करोड रुपैयाँ कर बुझाउनुपर्नेछ ।
यो उद्योगमा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार छन् । ०६० वैशाख ४ गते दर्ता भएको सो उद्योगले हालसम्म कर विवरण बुझाएको छैन । ओम साइबाबा क्रसर उद्योगले २०६०–६१ देखि २०७१–७२ गरी १० आर्थिक वर्षको कर तिर्न बाँकी छ ।
आन्तरिक राजस्वले दुवै उद्योगले तिर्नुपर्ने भ्याट र आयकरको निर्धारण गरेर त्यसमा लाग्ने जरिबाना र ब्याजको रकमसमेत जोड्दा रु. ३ अर्ब ७७ करोड हुने ठहर गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend