Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने सरकारको निर्णय


    मंगलबार, जेष्ठ २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।

    २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार