सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–५, थाक्लेडाँडाको जंगलमा एक व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा चारजन पक्राउ परेका छन् । उक्त घटनामा संलग्न अर्का एकजना अझै फरार छन् ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा तीनपाटन–७ का १९ वर्षीय विशाल भनिने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी र २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् ।
उनीहरूका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामद गरिएको छ । अर्का आरोपित तीनपाटन–७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।
गएको वैशाख ३१ थाक्लेडाँडाको जंगलमा ढुंग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । लोकबहादुरसँग चकमके जाने क्रममा ढुंगाजस्तो देखिने चम्किलो वस्तुको विषयमा विवाद हुँदा ती पाँचैजनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिए ।
लोकबहादुरको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको ३० हजार रुपैयाँ र एकथान मोबाइल समेत उनीहरूले लगेको बताइएको छ ।
घटनामा घाइते भएकाको थप उचारका लागि काठमाडौं लगिएको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend