Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • खैरहनीमा बस दुर्घटना हुँदा ३१ जना घाइते


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । गएराति खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

    कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २५६१ नम्बरको बस गएराति दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

    दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार