Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


    आइतबार, बैशाख ३१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

    गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखाका ५० वर्षीय निमा शेर्पासहित ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग भएको नगद ८६ हजार ३५० रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार