Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सप्तरीमा एक युवकको हत्या


    आइतबार, बैशाख ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • राजविराज। सप्तरीको रुपनी गाउँपालिकामा आज बिहान एक युवकको हत्या भएको छ । रुपनी गाउँपालिका १ रायपुरस्थित राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका २ खैरबनाका मो. लुकमानका छोरा २१ वर्षीय मो. तफेजुलको शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

    तफेजुललाई राति नै हत्या गरी खेतमा फालेको विषयमा अनुसन्धान सुरु गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

    प्रारम्भिक अनुसन्धानपछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उनले बताए । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार