Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनुमतिबिना रुख काट्ने सामुदायिक वनका अध्यक्ष पक्राउ


    आइतबार, बैशाख ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । उदयपुरको कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् ।

    कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक वनभित्रका रुख कटान गरेर आफना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय उदयपुरले जनाएको छ ।

    उनले सदावहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडिएको बताएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार