काठमाडौं । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको छ । मेलम्ची खानेपानी विकास समितिले वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी ल्याउने गरी आवश्यक अस्थायी प्रबन्ध मिलाउने तयारी गरेको हो ।
त्यसका लागि समितिले जेठ १ गतेदेखि नै उपत्यकामा पानी पथान्तरण स्थगन गर्ने भएको छ । मेलम्ची हेडवर्क्स एवं सुरुङ मर्मतमा लागि जेठ १ देखि १५ गतेसम्म पानी पथान्तरण गर्ने समितिले जानकारी दिएको छ ।
आयोजनाका अनुसार उक्त कार्यका लागि ८ देखि १५ दिन लाग्छ । समितिका प्रवक्ता राजेन्द्र पन्तले यो वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा ल्याउन सकिन्छ कि भनेर गृहकार्य थालिएको जानकारी दिए । २०७८ को बाढीले क्षतिग्रस्त हेडवर्क्सलगायत संरचनाको अल्प-मध्यकालिक पानी पथान्तरणका लागि आवश्यक निर्माण सुधारका लागि पानी पथान्तरण स्थगन गरिएको हो ।
काठमाडौँतर्फ पानी पथान्तरण रोकिने सूचनासँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि खानेपानी वितरणमा असुविधा हुने जानकारी दिएको छ । केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यले मेलम्चीको पानी पथान्तरण स्थगन भएपछि अहिलेको पानी वितरण केही असहज हुने बताए ।
उपत्यकामा मेलम्चीको पानी दैनिक १७ करोड लिटर वितरण हुँदै आएको छ । मर्मतसम्भारका लागि मेलम्ची पानी पथान्तरण रोकेपछि अन्य स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने उनको भनाइ छ । यसले गर्दा उपत्यकामा पानी वितरण अब ८ दिनको अन्तरमा हुने उनको भनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend