Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चक्कु प्रहार गरेर युवकको हत्या आरोपमा एक जना पक्राउ


    शनिबार, बैशाख ३० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका – ८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेललाई प्रहरीले पक्राउ गरेको हो ।

    शुक्रबार राति करिब साढे १० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए ।

    गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार