काठमाडौँ। आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका ७५ वर्षीय मदन राई ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका छन्।
७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले आज शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले मदन राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए।
राईलाई अहिले जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखिएको छ। उनले आफैँद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो।
शुभम फाउन्डेसनभित्र भएको उक्त घटना सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो।
मदनले फाउन्डेसनमा पढाउन भनेर राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओसहितको स्टोरी बिहीबार सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो।
फाउन्डेसनका संस्थापक मदनले पढाउन भनेर राखिएका बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने र आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्दै आएका खुलेको छ।
उक्त फाउन्डेसन खोटाङ सदरमुकाम दिक्तेलस्थित जनजागृति उच्च माध्यमिक विद्यालय परिसरमा चल्दै आएको छ।
मदनले स्कुलको सहमति लिएर मात्र नौ वर्षअघि उक्त फाउन्डेसन खोलेका थिए। मदनले उक्त फाउन्डेसनका विद्यार्थीलाई त्यहीँ आवासीय होस्टेल बनाएर राख्दै आएका थिए।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend