Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतका सहायक जिल्ला वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । उनीमाथि ७२ लाख ५२ हजार ४८० सय ५९ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर भएको हो ।

    उनी पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनयापन गरेको भन्ने उजुरीबारे अनुसन्धान गर्दा सहायक वन अधिकृत मिश्रले ७२ लाख ५२ हजार ४८० रुपैयाँ ५९ पैसा बराबरको सम्पत्तिको स्रोत खुल्न नआएको अख्तियारले जनाएको छ ।

    उनमाथि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसूरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भन्दै मिश्रलाई उक्त रकम आयोगले बिगो दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार