Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त ठिमीबाट पक्राउ


    बिहिबार, बैशाख २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भक्तपुर ठिमीबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ घर भई हाल भक्तपुर ठिमी ४ बस्‍ने ४६ वर्षीय भावना श्रेष्ठ रहेकी छन् । २०७८ साल कार्तिक २२ गते पाटन उच्च अदालतले बैंकिङ कसूर मुद्दामा उनलाई २५ लाख ९० हजार जरिवाना र ५ दिन कैद सजायको फैसला सुनाएको थियो ।

    पक्राउ परेकी उनलाई जिल्ला अदालत भक्तपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार