Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छात्रा आत्महत्या प्रकरण : चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित


    बिहिबार, बैशाख २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले दुई शिक्षकलाई निलम्बन गरेको छ । कलेजले अनुसन्धानलाई सहजीकरण गर्न तथा विद्यार्थीहरुको मागलाई मध्यनजर गरेर दुई शिक्षकलाई निलम्बन गरेको जनाएको छ।

    हिजो दिउँसो परीक्षा दिइरहेकी पाल्पा रामपुर नगरपालिका-४ स्थायी घर भएकी २३ वर्षीया सिम्रन थापालाई कलेजका शिक्षकले चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । परीक्षा हलबाट निकालिएकी थापाले भरतपुर-१०मा रहेको भाडाको घरको कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।

    विद्यार्थीहरुले शिक्षकले तनाव दिएको र सो तनावकै कारण आत्महत्या गरेको आरोप लगाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार