धादिङ । धादिङको गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ ।
होटलमा सामान्य विवादका कारण धारिलो चक्कु प्रहार हुँदा घाइते भएका मगरको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक एसपी गौतम मिश्रले जानकारी दिए ।
‘बुधबार ११ बजेतिरको घटना हो । ग्राहकको रुपमा होटलमा आएका विनोद र होटल सञ्चालकबी सामान्य भनाभन भएपछि घटना भएको हो । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गयो’, मिश्रले भने ।
उनका अनुसार प्रहरीले घटनाको छानबिनका लागि होटल सञ्चालक सरस्वती पण्डित र उनका छोरा निरजलाई पक्रेको छ ।
यस्तै होटलमा खाना खान आएका अन्य ४ जना ग्राहकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको एसपी मिश्रले बताए ।
थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले दोषीमाथि कारबाहीको माग राखेर अहिले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरुले होटल सञ्चालकको गाडी पनि जलाएका छन् । अहिले बन्द सडक खुलाउन प्रयास भइरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend