Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँकेबाट पेस्तोलसहित पक्राउ परे एक युवक


    बुधबार, बैशाख २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।

    किङ क्रस क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको पेस्तोल र गोलीसहित रिजाललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार