Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भाग्न सक्ने आशंकामा ‘जरुरी पुर्जी’ थमाएर पक्राउ गरिएको थियो पूर्वगृहमन्त्री खाँणलाई


    बुधबार, बैशाख २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ‘जरुरी पुर्जी’ थमाएर मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ । भाग्नसक्ने आशंकामा प्रहरीले नै जारी गर्ने जरुरी पुर्जी थमाएर उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

    प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी गर्दा त्यो कुरा बाहिरिन सक्ने र खाँण भाग्न सक्ने आशंकामा प्रहरीले जरूरी पुर्जी दिएर गरेको हो ।

    नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई आज बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

    यसअघि पक्राउ पुर्जी भएको खबर सञ्चार माध्यममा आएपछि एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार भएका थिए । उनी हालसम्म फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार