काठमाडाैं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ‘जरुरी पुर्जी’ थमाएर मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ । भाग्नसक्ने आशंकामा प्रहरीले नै जारी गर्ने जरुरी पुर्जी थमाएर उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी गर्दा त्यो कुरा बाहिरिन सक्ने र खाँण भाग्न सक्ने आशंकामा प्रहरीले जरूरी पुर्जी दिएर गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई आज बिहान उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
यसअघि पक्राउ पुर्जी भएको खबर सञ्चार माध्यममा आएपछि एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार भएका थिए । उनी हालसम्म फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend