Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भूटानी शरणार्थी प्रकरणः पक्राउ परेकाहरुलाई अख्तियार प्रमुख राईका बिरुद्ध बयान दिन प्रहरीको दबाब


    मंगलबार, बैशाख २६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडांै । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी प्रतिब्यक्ति १० लाखदेखि ४५ लाख रुपैयाँसम्म असुली गरेको उजुरीमा पक्राउ परेकाहरुलाई निष्पक्ष अनुसन्धान गर्नुपर्ने जिल्ला प्रहरी परिसर र उपत्यका प्रहरी कार्यालयका अधिकारीहरु संलग्न नै नभएका तत्कालीन गृहमन्त्रालयका अधिकारीलाई कसरी फसाउन सकिन्छ भन्नेतिर केन्द्रित भएका छन् ।

    उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्यामलाल ज्ञवालीले पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राईदेखि सचिव टेकनारायण पाण्डेलाई प्रेम राई पनि संलग्न छन् भनेर बयान दिन फकाउने र धम्की दिने कार्य गरिरहेको आरोप छ । एआईजी ज्ञवालीले राति राति सचिव पाण्डेलाई परिसरबाट उपत्यका कार्यालयमा लगी अख्तियार प्रमुख पनि भूटानी शरणार्थी प्रकरणमा संलग्न छन् भनेर बयान दिन दबाब दिइरहेका छन् ।

    स्रोतका अनुसार राई संलग्न भएको कुनै पनि प्रमाण फेलापार्न नसकेका ज्ञवालीले ३ पटक निलम्बित सचिव पाण्डेलाई उपत्यका प्रहरी कार्यालयमा लगिसकेका छन् । बयानमा राईको नाम लिन ज्ञवालीले दबाब दिने गरेका छन् । आफूलाई आईजीपी हुन नदिएकाले राईलाई फसाउने योजनामा ज्ञवाली छन् । त्यसका लागि उनले पक्राउ परेका सानु भण्डारी, केशवप्रसाद दुलालदेखि सबैलाई राईको नाम लिनका लागि धेरै जोडबल लगाउँदैआएका छन् ।

    बालकृष्ण पन्थीको नेतृत्वको कार्यदल बनाउने र त्यसको प्रतिवेदन बुझ्नेबाहेक राईको संलग्नता कतै पनि नखुलेपछि एआइजी ज्ञवाली पक्राउ परेका सबैलाई फकाउने, धम्क्याउने र यातना दिएर भए पनि उनको संलग्नता थियो भन्न लगाउने एकसूत्रीय मिसनमा लागेका छन् ।

    राईलाई फसाउन अनेक योजना बनाइएको तर केही तथ्य नभेटेपछि पक्राउ परेकाहरुलाई जबरजस्ती नाम लिन लगाउन प्रहरीहरुले दबाब दिइरहेको छ ।

    बैशाख १९ मा पक्राउ परेका डा. इन्द्रजीत राईले त जिल्ला अदालत काठमाडौंमा बकपत्रका क्रममै न्यायाधीससामु तपाईलाई हिरासतमा कस्तो छ भन्ने प्रश्नमा यस्तो उत्तर दिएका छन्–‘दिउँसो राम्रो छ । राम्रो गरी नै राखिएको छ । तर राति–राति आएर शरणार्थी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नाम लिनू भनेर जबर्जस्ती दबाब दिन्छन् । प्रेमकुमार राईको नाम नलिए जे पनि हुन्छ भनेर निरन्तर धम्की दिइरहेको छ ।’

    अनुसन्धानका लागि म्याद थप्न अदालतमा लैजाँदा इजालस नम्बर २७ मा न्यायाधीस र डा.राईबीच भएको यो संवादबाट पनि राईलाई फसाउन एआईजी ज्ञवाली कसरी लागिरहेका छन् भन्ने कुरा देखाउँछ ।

    एआईजी ज्ञवाली राईलाई फसाउन पक्राउ परेकाहरुलाई फकाउने, धम्काउने र यातना दिएर बयान दिन लगाउने र उनलाई राजीनामा दिन बाध्य पार्ने, त्यसपछि पूर्व मुख्यसचिव लीलामणि पौडेललाई अख्तियारमा नियुक्त गर्ने र आफू आईजीपी हुने खेलमा रहेको उच्च स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार