विराटनगर। विराटनगरबाट कारमा सवार रहेका दुईजनालाई सुनका गहनासहित प्रहरीले सोमबार राति पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडबाट ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक पक्राउ परेका हुन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा बस्दै आएका उनीहरू बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी विजय श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले राति ९ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रातको समयमा विराटनगरको ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि उनीहरूमाथि प्रहरीले खानतलासी गरेको थियो । पक्राउ परेकाको साथबाट पोतेमा प्रयोग गरिने विभिन्न डिजाइनका २ सय ३९ थान सुनका गहना बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार जम्मा सुन ९ तोला ४३ लाल छ । त्यसको बजार मूल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ ।
सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि विकद्ववयलाई पक्राउ गरिएको दाहालले बताए । उनीहरुको साथबाट ९८ हजार ३ सय रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ । कार, सुनका गहना र नगदसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको डीएसपी दाहालले बताए ।
पक्राउ परेकाले भने इटहरीमा आफूहरूको सुनका गहना बनाउने कारखान रहेको बताएका छन् । उनीहरूले भनेको कारखानाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ । विराटनगरका व्यापारीले अर्डर गरे अनुसारको सुनका गहना तयार पारेर बिक्रीका लागि ल्याइएको उनीहरूले प्रहरीलाई बताएका छन् ।
तर, उनीहरूको साथमा सुनसँगसम्बन्धित बिल भने थिएन ।
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend