Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखामा हत्या आरोपमा एक जना पक्राउ


    सोमबार, बैशाख २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। गोरखामा हत्या आरोपमा एक जना पक्राउ परेका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङका दोर्जे घ्याल्जेन लामाको हत्या आरोपमा स्थानीय ५९ वर्षका छिरिङ धुनडुप लामालाई प्रहरीले पक्राउ गरेको हो ।

    १७ वैशाखको बिहान आफ्नै घरको कोठामा घ्याल्जेन मृत अवस्थामा भेटिएका थिए । घाँटीमा धारिलो हतियार प्रहार भएको चोट देखिएकाले उनको हत्या भएको आशंका गरिएको थियो ।

    इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक रामजी देवकोटा कमाण्डको टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा हत्या भएको खुल्न आएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार