काठमाडौं । नेपाल प्रहरीभित्र सरुवा गर्दा नै कर्मचारी प्रशासन शाखाका एसपीलाई दररेट अनुसार घुस बुझाउनुपर्ने बाध्यता रहेको भुक्तभोगीहरु बताउँछन् । कर्मचारी प्रशासनका एसपी बेलबहादुर पाण्डेले सिपाही, हवल्दारदेखि प्रहरी निरीक्षकसम्मको सरुवामा घुस लिने गरेको आरोप लागे पनि उनलाई दण्डित होइन, पुरस्कृत गरी एसएसपीमा बढुवा गरिएको छ ।
तल्लो दर्जाका सिपाही हवल्दारसँग हिमाली जिल्लादेखि भन्सारमा सरुवा गर्दा १० हजार रुपैयाँसम्म घुस असुलेको आरोप एसपी पाण्डेमाथि लाग्दैआएको छ । १३ महिनादेखि कर्मचारी प्रशासनमा कार्यरत पाण्डेले सरुवाका लागि रकम असुली गर्न बिचौलियाहरु नै परिचालन गरेको स्रोत बताउँछ । प्रहरीका सरुवामा सबैभन्दा बढी रकमको चलखेल पाण्डे कर्मचारी प्रशासनमा हुँदा नै भएको स्रोत बताउँछ ।
प्रहरीका उच्चतहसँग सेटिङ मिलाउने भारतको मोतिहारी स्थायी घर भएका अमरकिशोर सिंहले प्रहरीको सरुवामा बिचौलियाको काम गर्ने गरेका थिए । हुण्डीदेखि सुन तस्करी गर्ने गिरोहसँग राम्रो हिमचिम भएका अमरकिशोर सिंहले बेलबहादुर पाण्डेको १३ महिने कार्यकालमा प्रहरीका सरुवाको बिचौलियाको काम गरेका थिए । सिंहसँग सेटिङ मिलाइसकेपछि मात्र प्रहरीको सरुवा हुने गरेको थियो ।
वर्षौंदेखि दुर्गममा रहेका थुप्रै प्रहरी निरीक्षक लाखौं घुस बुझाउन नसकेकै कारण दुर्गममै खुम्चिन बाध्य भएका थिए । तर सेटिङ गर्नेहरु कमाउ ठाउँबाट झन् कमाउ ठाउँमा पुगी तस्करहरुसँग मिलेर करोडौंको मालिक हुन पुगेका दृष्टान्त विदुर शिवाकोटी, प्रकाश रेग्मीहरु नै हुन् ।उनीहरुलाई आइजीपी बसन्तबहादुर कुँवर नियुक्ति हुनु १ साताअघि दररेट तोकेर असुली गरी मालदार कार्यालयको इन्चार्जमा सरुवा गरिएको थियो ।
कर्मचारी प्रशासनमा हुँदा एसपी पाण्डेले दररेट अनुसार घुस असुली गरी गरेका केही प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सूची समेत प्राप्त भएको छ । जसलाई काजफिर्ता गर्न आइजीपी कुँवरलाई गृहमन्त्रालयले निर्देशन दिए पनि उनले पालना गरेका छैनन् ।
प्रहरी निरीक्षक प्रकाश रेग्मीलाई वृत्त जनसेवा न्यूरोडबाट इलाका प्रहरी कार्यालय रानी मोरङ, मनोजकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट इलाका प्रहरी कार्यालय गौशाला, शंकर चौधरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट सप्तरी मुद्दा फाँट, उमाशंकर साह ताप्लेजुङबाट मधेश प्रदेशको घुमुवा टोलीमा सरुवा गर्दा दररेट तय गरी असुलेको आरोप पाण्डेमाथि लाग्ने गरेको छ ।
त्यसैगरी, शिवराम थापालाई प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाबाट इलाका प्रहरी कार्यालय हरिऔन, चन्द्रकान्त अधिकारी कर्मचारी प्रशासन शाखाबाट इप्रका करवाना सप्तरी, अरविन्द साह इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इलाका प्रहरी कार्यालय बिजयपुर रौतहटमा सरुवा गर्दासमेत दररेट अनुसारा गरेको आरोप छ ।
त्यस्तै, जीतेन्द्र साह मधेश प्रदेश प्रहरी कार्यालयबाट इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा, विनोद बोहरा जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दाफाँटबाट पर्साकै इप्रका परवानीपुर बारा, गजेन्द्र रावल, उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंबाट इप्रका रुपन्देही, थुन्दी गिरी कोशी प्रदेशबाट इप्रका रंगेली मोरङ र बिदुर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयबाट वप्रका विर्ता पर्सा र प्रकाश पाण्डे सर्वोच्च अदालतमा सरुवा गर्दा आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।
यीमध्ये महोत्तरीको गौशाला, मोरङको रानी, पर्साको वप्रका बिर्ताको दररेट १० लाख रहेको उल्लेख छ भने मोरङको रंगेलीको ८ लाख, परवानीपुरको ६ लाख, हरिऔनको ५ लाख, रुपन्देहीको ५ लाख रहेको नेपालफेसमा प्राप्त सूचीमा उल्लेख छ ।
प्रहरी सेवामा प्रवेश गरेपछिदेखि पूर्वडीआईजी ज्ञानेन्द्रविक्रम महतको कृपाले नै सधैं कमाउ ठाउँमा बस्ने मौका पाएका एसएसपी बेलबहादुर पाण्डेमाथि पदीय दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा रहँदा एसपी पाण्डेले हुण्डी व्यापारी उमेश साह, मुकेश गुप्ता, विकास गुप्ता, राजेश गुप्ता र विकास गुप्तासँग रकम लिएपछि पनि ६० लाख समाएर पाँच लाख मात्र राजस्वमा दाखिला गरेको आरोपमा अख्तियारले बयान लिएको थियो ।अख्तियारले छानबिन गरिरहेका तिनै पाण्डेलाई एसपीबाट एसएसपीमा बढुवा गरिएको छ भने प्रहरी निरीक्षकमा भर्ना हुँदा एक नम्बरमा रहेका आभूषण तिम्सिनाहरुलाई छुटाइएको छ ।
विगतमा मात्र होइन, कुँवर आइजीपी नियुक्त भएपछि पनि बिचौलिया अमरकिशोर सिंहको चलखेल प्रहरीमा यथावत रहेको स्रोत बताउँछ । एसपीबाट एसएसपी र एसएसपीबाट डीआईजी बढुवा हुँदा पनि अमरकिशोर सिंहले आकांक्षीहरुसँग मोलतोल गरेको सूचना गृहप्रशासनमा पनि पुगेको थियो । अब २२ एसपी बढुवाका लागि पनि उनले डीएसपीहरुसँग होटल होटलमा बोलाएर मोलतोल गरिरहेको स्रोत बताउँछ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend