Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्त रावलले गरे आत्मसमर्पण


    आइतबार, बैशाख २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले अदालतमा आत्मसमर्पण गरेका छन् ।

    गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको घटनापछि फरार रहेका रावलले आज जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

    अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ । उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

    धरौटीमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रावलसहितका ८ जना फरारको सूचीमा थिए । रावलले अदालतमा आत्मसमर्पण गरेपनि अन्य ७ जना भने अझै फरार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार