सिरहा। सिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको जानकारी पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा वर्षौँदेखि किसानहरुले गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो ।
शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिब १४ केजी लागूऔषध गाँजासहित दुई युवक पक्राउ गरेको छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नम्बरर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।
विशेष सुचनाको आधारमा गोलबजार ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र. २–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित श्यामकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।
प्रहरीले विशेष सुराकीका अधारमा केन्द्रिय अनुसन्धान लागूऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुढाथोकीको कमाण्डमा खटिएको टोलिले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend