Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने बालुवाटार बैठकको निष्कर्ष


    शनिबार, बैशाख २३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ। बालुवाटारमा आज बसको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो।

    रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने दबाब थियो । तर, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुन नभएको उल्लेख गरेका छन् ।

    बैठकमा भोलिदेखि चल्ने संसदमा संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको उनको भनाइ छ । संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकतालगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार