Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दोलखामा आफ्नै दिदी हत्या आरोपमा युवक पक्राउ


    शनिबार, बैशाख २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् ।

    ३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।

    शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार