Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा बालिका बलात्काको अरोपमा दुई जना पक्राउ


    शनिबार, बैशाख २३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया। बर्दिया राजापुर नगरपालिका—९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेकाे प्रहरीले जनाएको छ । उनीहरू बिहीबार पक्राउ परेको प्रहरीले शनिबार जानकारी दिएको हो ।

    प्रहरीका अनुसार पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी थिइन् । राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

    अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रनाउ सापकोटाले भने, ‘राधेश्याम घर बाहिर बसेर निगरानी गरिरहेका थिए, दुवै जनाविरुद्ध पीडित बालिकाले बलत्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रनाउ सापकोटाले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार