Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिउटीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार


    शनिबार, बैशाख २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सईमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका-७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि गए राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको हो ।

    राति करिब साढे १० बजे चैसिरमाथि खुकुरी प्रहार हुँदा बायाँ पाखुरामा चोट लागेको प्रहरीले बताएको छ । स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ ।

    खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार