काठमाडौं । उपचारमा लागेको खर्च दिन नसकेको भन्दै ५ दिनदेखि बन्धक राखेको वीरेन्द्र सदाको शब बिराटनगरको न्यूरो अस्पतालले शुक्रबार उनको परिवारलाई दिएको छ ।
गएको चैत २८ मा बिराटनगरको न्यूरो अस्पतालमा भर्ना भएका वीरेन्द्र सदाको सोमबार निधन भएको थियो । उपचार खर्च जुटाउन सिरहा गएकी उनकी श्रीमती लालमतीलाई सोमबार श्रीमानको निधन भएको खबर आयो । उनी अस्पतालमा जाँदा उनलाई उपचार र औषधि बापतको रकम नतिरेसम्म अस्पतालले सब नदिएको समाचार शुक्रबारको कान्तिपुरमा प्रकाशित भएको थियो ।
घरजग्गा नभएका वीरेन्द्र सदाकी श्रीमती मालतीले अस्पतालमा तिर्न रकम नभएको पीडा ब्यक्त गरेको समाचार पढेपछि अधिवक्ता राधिका खतिवडाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरी उनको बन्धक राखिएको शब परिबारलाई दिने बातावरण बनाउन आग्रह गरिन् । अधिवक्ता खतिवडाले लेखेकी छन्–‘मालती सदाले पैसा तिर्न नसकेर अस्पतालमा शब बन्धक भएको समाचार पढ्ने बितिक्कै मलाई साह्रै पीडा भयो । त्यसपछि मैले गृहमन्त्री, प्रधानमन्त्रीको सचिवालय, कोशी प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका महान्यायाधिवक्तालाई फोन गरें, कसैको पनि उठेन ।
गृहमन्त्रीलाई म्यासेज गरें, केही समयपछि गृहमन्त्रीले नै फोन गर्नुभयो र बिराटनगर न्यूरो अस्पतालले पैसा नतिरेकोमा शब नदिएको भन्ने सम्बन्धमा सबै कुरा बताएँ, उहाँले म तत्कालै बुझेर समाधान गर्छु भनेर आश्वासन दिनुभयो । मैले समाचार लेख्ने बिराटनगरका पत्रकार बिनोद भण्डारीलाई फोन गरेर मृतकको परिवारको सम्पर्क नम्बर मागेर मृतकको श्रीमती लालमती सदा र छोरा अंकित सदालाई फोन गरेर गृहमन्त्रीले भन्नुभएका सबै कुरा सुनाएँ । यदि आज साँझसम्म सरकारले पहल नगरेमा निजी तवरले व्यक्तिगत सहयोग जुटाएर पनि भोलि सम्ममा समस्या समाधान गर्न पहल गर्नेछु, ढुक्क हुनुहोस् भनेर प्रतिबद्धता जनाएको थिएँ । केही बेरअगाडि मृतकको श्रीमतीले फोन गरी तपाईंको पहलले मैले मेरो श्रीमानको शव बुझें, आजै दाहसंस्कार गर्छु भनेको सुन्दा मेरो मन साह्रै प्रफुल्लित भएको छ ।’
अधिवक्ता खतिवडाले आफ्नो अनुरोध सुनेर अस्पतालले बन्धक राखेको शब परिवारलाई दिने वातावरण बनाउने गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कान्तिपुरकर्मी बिनोद भण्डारी, प्रकाश धौलाकोटी र दुर्गा खनाललाई धन्यवाद पनि दिएकी छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend