Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खैरोहिरोइनसहित कैलालीबाट दुई युवक पक्राउ


    शुक्रबार, बैशाख २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीमा लागुऔषध खैरोहिरोइनसहित दुई जना युवक पक्राउ परेका छन् ।

    जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए ।उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

    दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार