खोटाङ । खोटाङमा गोठालो गएकी एक जना युवती बलात्कृत भएकी छन् । बाख्रा गोठालो गएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी २० वर्षकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बाख्रा चराउन गएका २९ वर्षीय प्रतापजङ राईले जोरअंगेरी जंगलमा वैशाख १८ गते दिउँसो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका अभियुक्तले युवतीलाई पात्लेको घाँस झार्ने र बटुल्न सहयोग गर्न भन्दै पात्लेको फेदमा लगेर करणी गरेको आफन्तले बताएका छन् । फुत्किन खोज्दा अभियुक्तले कपालमा समातेर तान्दै ओढारमा लगेर जबरजस्ती करणी गरेको किटानी जाहेरीमा उल्लेख छ ।
प्रतिकारका क्रममा घाइते अशक्त बनाएर करणी गरेको र निरन्तर रोईकराई गरेर चिच्याएपछि ‘धेरै कराइस, तँलाई मारिदिन्छु’ भन्दै दुबै हातले घाँटी थिचिरहेको अवस्थामा स्थानीय एक महिला घटनास्थल पुगेपछि अभियुक्त भागेको युवतीका परिवारले बताएका छन् ।
करणीका क्रममा निस्किएको चिच्याहट सुनेर स्थानीय महिला घटनास्थल पुगेको बताइएको छ ।
मरणासन्न अवस्थामा पुगेकी युवतीलाई तिनै महिलाले बोकेर खेतमा पु¥याए परिवारलाई खबर गरेको जाहेरीमा भनिएको छ । युवतीलाई सोधपुछ गर्दा घटनाका विषयमा विस्तृत जानकारी भएको आफन्तले बताएका छन् ।
घटना लगत्तै जिल्ला अस्पताल लगिएकी युवतीलाई रेफर गरेपछि थप उपचारका लागि धरान लगिएको छ । जवरजस्ती करणी गरेर ज्यान मार्ने प्रयास गरेका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आफन्तले बैसाख १८ गते जिल्ला प्रहरी कार्याल खोटाङमा जाहेरी दिएका छन् । घटना लगत्तै आरोपित फरार भएकाछन् । घटनाको विषयमा अनुसन्धान सँगै फरार अभियुक्तको खोजी भइरहेको प्रहरीको भनाइ छ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend