काठमाडौं । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो वर्षको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै दिनुपर्ने जनाएको छ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्का सदस्य सचिव एवं पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले बुधबार बसेको परिषद्को बैठकले यो वर्षदेखि नेपाली भाषामै प्रश्नपत्र र उत्तर लेख्ने व्यवस्था लागु भइसकेको जानकारी दिए ।
उनले भने, ‘बोर्ड वा अन्य कुनै निकायले भन्दा पनि परिषद्ले गरेको निर्णय आधिकारिक हुन्छ। सोहीअनुसार यो वर्ष कक्षा १२ का परीक्षार्थीले नेपाली भाषाकै प्रश्नपत्र पाउनेछन् र नेपालीमै उत्तर दिने व्यवस्था गरिएको छ ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परिषद्को निर्णयविपरीत अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र बनाउने निर्देशन दिनुभएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने परिषद्मा सो परिषद्को बैठक नबसीकनै बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ठाडो निर्णय गरी सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लगाएका थिए ।
तर, परिषद्को गत बुधबार बसेको बैठकले तत्काल निर्णय परिवर्तन गर्न नसकिने र सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र नेपालीमा मात्र बनाउनुपर्ने जनाएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा बसेको परिषद्को बैठकले कूटनीतिक नियोग, जापानमा सञ्चालित एभरेस्ट स्कुलको विद्यार्थीको हकमा भने सो विषयको प्रश्नपत्र र उत्तर लेख्ने भाषा अंग्रेजी बनाउने निर्णय गरेको थियो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले निजी विद्यालयको दबाब र प्रभावमा सामाजिक अध्ययन विषयको प्रश्नपत्र र उत्तर लेख्ने भाषा नेपाली र अंग्रेजी दुवैमा हुनुपर्ने बताउँदै आएका थिए ।
सो विषयमा अध्यक्ष शर्मासँग जानकारी लिन खोज्दा सम्पर्कमा आएनन् । उनले अघिल्लो वर्षको परीक्षामा कुनै निर्णय नगरी नेपाली भाषामा प्रश्नपत्र र उत्तर लेख्नुपर्ने व्यवस्थालाई हचुवाको भरमा हटाउन लागेका थिए । पाठ्यक्रम निर्धारण गर्ने विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा सामाजिक विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै लेख्नुपर्ने उल्लेख छ । यो समाचार नेपालसमाचार दैनिकमा छ ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend