Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ


    बिहिबार, बैशाख २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप–महानगरपालिका ७ का १८ वर्षीय राजु रावत हुन् ।

    शंकास्पद तरिकाले हिडिरहेका उनलाई चेकजाँच गर्दा जुत्तामा मेघाश्रीको खोल्सो भित्र लागुऔषध लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ । उनको साथबाट २१० मिलि ग्रा.म लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार