काठमाडौं । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो ।
वैशाख २० गते बुधवार प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देश भरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराएको छ ।
वैशाख २१ गते बिहीबार भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार आज सिंहदरबार प्रवेशमा कर्मचारीहरू जाने छैनन् ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend