Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • निजामती ऐनको माग गर्दै कर्मचारीले आज सिंहदरबार प्रवेशमा रोक लगाउने


    बिहिबार, बैशाख २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । गत वैशाख १९ गते सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज बिहीबार सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको हो ।

    नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो ।

    वैशाख २० गते बुधवार प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देश भरीबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराएको छ ।

    वैशाख २१ गते बिहीबार भने सिंहदरबार परिसरभित्र कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई ‘सिंहदरबार प्रवेश नगर्न’ आव्हान गर्ने निर्णय भएको उनले जानकारी दिए । उनका अनुसार आज सिंहदरबार प्रवेशमा कर्मचारीहरू जाने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार