Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वगृहमन्त्री बादलका छोराविरुद्ध पक्राउ पूर्जी जारी


    बुधबार, बैशाख २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली शरणार्थी बनाएर लाखौं ठगी गरेको गिरोहलाई सहयोग गरेको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको हो ।

    थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं ठगी गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचिक कार्य गरेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरिदिन अदालतलाई आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पूर्जी जारी भएको अदालतले बताएको छ ।

    यसअघि एमालेका नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार