Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली कांग्रेसका नेता कँडेल झुण्डिएको अवस्थामा मृत भेटिए


    बुधबार, बैशाख २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । भरतपुर महानगरपालिका-३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    अनमोल फिड्सका सञ्चालक समेत रहेका कँडेलको कोठामा सुसाइड नोटसमेत भेटिएको प्रहरीले बताएको छ । कँडेल हिजो साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार