काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ ।
२०७० सालमा इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गरेका थिए । अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् ।
डा. श्रेष्ठले एक दशकअघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशुवर्माको शिलालेखसँगै बौद्ध, चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताए । उनका अनुसार साबिक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् । उनले भने, “सम्पदा मासेर भौतिक संरचना निर्माण हुनु सम्पदामाथिको अपमान हो, यस्तो कार्य तत्काल रोकिनुपर्छ ।”
सम्पदा क्षेत्रमा निर्माण भइरहेको भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदाप्रेमीले चाँगुनारायण नगरपालिका र पुरातत्त्व विभागअन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानाकर्षण गराएका छन् ।
अहिले पनि अंशुवर्माको शिलालेखमा चाँगुनारायण (थमखोप्रिङ्ग दङ्ग्र) माथिल्लो भक्तपुरको सहर थियो भन्ने उल्लेख छ । उनले उक्त शिलालेखबाट चाँगुनारायण क्षेत्र प्राचीन सहर थियो भन्ने प्रस्ट भएको उल्लेख गर्दै अहिले पनि ती सम्पदा सोही स्थानमा रहेको बताए ।
भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले सम्पदा क्षेत्रमा स्थानीयले भौतिक संरचना बनाएको दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाको प्रारम्भिक अनुगमनबाट पुष्टि भएको बताए। उनले कार्यालयले छिट्टै थप अनुगमन गरी निर्माणाधीन किरियापुत्री भवन निर्माण कार्य रोक्न चाँगुनारायण नगरपालिकालाई परिपत्र गर्ने तयारी गरिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend