Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मौसम


    बुधबार, बैशाख २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पश्चिमी वायु साथै स्थानीय वायुको केही दिनदेखि प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनीका पहाडी भू-भागका एक-दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ । राति पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

    देशका पहाडी केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार