Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलले भारतमा भएको उपचार खर्च आफैँ व्यहोर्ने


    मंगलबार, बैशाख १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। सामान्य बिरामी हुँदा पनि सरकारी ढुकुटीको रकम खर्च गरेर उपचारका लागि भारत गएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको चर्को आलोचना पछि राष्ट्रपति पौडेलले आफ्नो उपचारका क्रममा भएको खर्च आफैँ व्यहोर्ने भएका छन् ।

    भारतमा उपचारका क्रममा भएको खर्च राष्ट्रपति पौडेल स्वंमले व्यहोर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्ने चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित एम्समा उपचार भएको थियो । उपचार गराएर राष्ट्रपति आइतबार राति स्वदेश फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार