Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालीलाई भूटानी बनाउने ठगीधन्दाः पूर्वगृहमन्त्री बादलका सल्लाहकार पक्राउ, अरु हाई प्रोफाइलहरु तानिएलान् ?


    मंगलबार, बैशाख १९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । उनलाई मंगलबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । उनका छोरा निरज राईले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मासँग मिलेर नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने र अमेरिका पठाउने ठगीधन्दा संचालन गरेको खुलासा भएको थियो ।

    प्रहरीले यसअघि दुलाल, भण्डारी र राईलाई पक्राउ गरिसकेको छ । शर्मा फरार छन् । उनीहरुको बयानमा नेपालीलाई भूटानी बनाउने ठगीधन्दामा एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्रालयका पूर्वसचिवद्वय महेश्वर न्यौपाने र टेकनारायण पाण्डे, इन्द्रजीत राई र उनका छोरा निरज राईको नाम लिएका थिए । प्रहरीका अनुुसार इन्द्रजित राईले भूटानी शरणार्थी बनाइदिन्छु भन्ने समूहबाट ५ करोड रुपैयाँ भन्दा बढी रकम लिएको खुलेको छ ।

    ८ सय ७५ नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेर दुलाल, भण्डारी र राईले ठगी गरेको खुलेको छ । नेपालीलाई भूटानी शरणार्थी बनाई ठगीधन्दामा धेरै भीभीआईपीहरु संलग्न रहेकोले मुद्दा कमजोर बनाउने आशंका गरिएको छ । ठगीमा संलग्न हाई प्रोफाइलमध्येमा इन्द्रजित राई पक्राउ परेका छन् । अरु हाई प्रोफाइलहरु भने अझै सम्म पनि पक्राउ परिहालेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार