काठमाडौं । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगीधन्दामा संलग्न पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । उनलाई मंगलबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । उनका छोरा निरज राईले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मासँग मिलेर नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने र अमेरिका पठाउने ठगीधन्दा संचालन गरेको खुलासा भएको थियो ।
प्रहरीले यसअघि दुलाल, भण्डारी र राईलाई पक्राउ गरिसकेको छ । शर्मा फरार छन् । उनीहरुको बयानमा नेपालीलाई भूटानी बनाउने ठगीधन्दामा एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्रालयका पूर्वसचिवद्वय महेश्वर न्यौपाने र टेकनारायण पाण्डे, इन्द्रजीत राई र उनका छोरा निरज राईको नाम लिएका थिए । प्रहरीका अनुुसार इन्द्रजित राईले भूटानी शरणार्थी बनाइदिन्छु भन्ने समूहबाट ५ करोड रुपैयाँ भन्दा बढी रकम लिएको खुलेको छ ।
८ सय ७५ नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भनेर दुलाल, भण्डारी र राईले ठगी गरेको खुलेको छ । नेपालीलाई भूटानी शरणार्थी बनाई ठगीधन्दामा धेरै भीभीआईपीहरु संलग्न रहेकोले मुद्दा कमजोर बनाउने आशंका गरिएको छ । ठगीमा संलग्न हाई प्रोफाइलमध्येमा इन्द्रजित राई पक्राउ परेका छन् । अरु हाई प्रोफाइलहरु भने अझै सम्म पनि पक्राउ परिहालेका छैनन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend