Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिपरको ठक्करबाट बालकको मृत्यु, बालिका सिकिस्त


    सोमबार, बैशाख १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धनुषामा टिपरको ठक्करबाट एक बालकको ज्यान गएका छन् । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर सिर्काटोलका ७ वर्षीय रियान्स कुमार दनुवारको मृत्यु भएको हो ।

    टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ५ वर्षीया राधीकुमारी दनुवार गम्भीर घाइते भएकी छन् । उनको टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

    आज दिउँसो विद्यालयबाट घर फर्किरहेका बालक र बालिकालाई प्रदेश–२–०३–००१ क १६२१ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले बताएको छ ।

    घटनापश्चात स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरीले अवरुद्ध सडक खुलाउन एक राउण्ड हवाई फायरसमेत गरेको हो। ठक्कर दिने टिपरका चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार