झापा। प्रहरीले झापाबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका-९ निवासी २८ वर्षीय अरुण दनुवार, सोही ठाउँका २३ वर्षीय आश्विन राई, कमल गाउँपालिका–६ निवासी २५ वर्षीय न्युसन राई र दमक–२ निवासी २० वर्षीय अभिषेक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार दमक–९ मा आइतबार बेलुका लागुऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अरुण र आश्विन बसेको कोठाबाट ३ सय मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र नगद ६० हजार ७ सय ५० रुपैयाँ बरामद गरेको थियो।
त्यस्तै प्रहरीले दमक–१ बाट न्युसन र अभिषेकलाई ८ सय मिलिग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजुसहित पक्राउ गरेको हो। ब्राउन सुगरसहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend