Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक देउवा निवास धुम्बाराहीमा जारी


    आइतबार, बैशाख १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउन बैठक बसेको हो ।

    पदाधिकारी बैठकमा नीति अधिवेशनको मिति, भ्रातृ संस्थाको कार्यसमितिको पूर्णता, विभाग गठन लगायतमा पनि छलफल भईरहेको बताइएको छ ।

    उपनिर्वाचन पछि थप मन्त्रीको सपथ गराउने गरी मन्त्रिपरिषद विस्तार रोकिएको थियो। कांग्रेसले ९ मन्त्री र एक राज्य मन्त्रीको दाबी गरेको छ । त्यसमध्ये ६ जना संस्थापन पक्षबाट हुने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार