Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६२ लाख बराबरको औषधी तथा खुद्रा सामानहरू बोकेको ट्रक बरामद


    आइतबार, बैशाख १७ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक बीरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरस्थित सडक खण्डबाट ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको भेटिएको थियो । ट्रकमा विल बिजक शंकास्पद देखिएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    ६२ लाख ८ हजार ५ सय ९३ रुपैयाँ बराबरको ट्रक र सो ट्रकभित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार